IME Life New

बीमा कम्पनीले समयमा दाबी भुक्तानी नगर्दा विश्वसनियता गुमाउदै गए: अध्यक्ष सिलवाल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले बीमा कम्पनीहरुले बीमा क्षेत्रको विश्वासनियता गुमाउँदै गएको बताएका छन् । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको नयाँ पोलिसी सार्वजनिक उद्धघाटन कार्यक्रममा बोल्दै बीमा कम्पनीहरुले नेपाली बीमा क्षेत्रको नै विश्वासनीयता गुमाएको बताएका हुन् ।

बीमा कम्पनीहरुले आफ्ना ग्राहक वा बीमितहरुलाई बीमा गराउनका लागि जसरी पहल गराएका हुन्छन् त्यसैगरी दाबी भुक्तानीका लागि पनि गर्नु जरुरी रहेका बताएका छन् । बीमा कम्पनीहरुले दाबी परेपछि वर्षौसम्म बीमितहरुलाई अल्झाएर राख्ने, दाबी भुक्तानी समयमा नै नगर्ने भएका कारण बीमा कम्पनीहरुलाई ग्राहकले विश्वास गर्न नै छाडेका छन् । उनले भने, ‘यहि हिसाबले बीमा कम्पनीहरु चल्ने हो भने बीमा व्यवसाय शुन्यताको हिसाबमा आउनेछ ।’

Esewa
Crest

बीमितलाई बीमा गराएपछि समयमा प्रिमियम तिर्ने, दाबी भुक्तानी दिने लगायतका विभिन्न बीमा सेवा क्रियाकलापका लागि अभिकर्ताहरु सक्रिय भएर बीमा कम्पनीसँग समन्वयन गरेर काम गर्न अध्यक्ष सिलवालले आग्रह गरे । बीमा कम्पनीको मेरुदण्डको रुपमा बीमा अभिकर्ताहरुलाई लिएको हुन्छ त्यसकारण बीमा अभिकर्ताहरु बीमा सेवा ग्राहहरुलाई दिने विषयमा सक्रिय भएर लागि पर्नुपर्ने उनले बताएका छन् ।

बीमा कम्पनीहरुले आफ्ना ग्राहकलाई हामी समयमा नै बीमा दाबी भुक्तानी दिन्छौ भनेर आश्वासन दिनुभन्दा पनि समयमा नै कागजपत्र उपलब्ध गरेर समयमा नै दाबी तिरेर बीमा क्षेत्रको विश्वास राख्न सबै कम्पनीलाई उनले आग्रह गरेका छन् ।

उनले भने, बीमा कम्पनीहरुले बीमाको सबैभन्दा धेरै सुविधा गरिब जनतालाई दिनुपर्यो, बीमा कम्पनीहरुले बरु आफुलाई थोरै फाइदा राखेर बीमा सेवा सबै गरिब जनतामा पुर्याएर उनीहरुलाई सहुलियत दिन सके भने विश्वासको वाताबरण आफै सिर्जना हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS