Connect IPS
IME Life

आफै मर्जरमा नजाने कम्पनीलाई फोर्स मर्जर गराउने, छिटो पार्टनर खोज्न अध्यक्ष सिलवालको निर्देशन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले नेपाली बीमा बजारमा कम्पनीहरुको संख्या धेरै भएर मर्जरको नीति लिएको बताएका छन् । उनले रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको नयाँ पोलिसी उद्घाटन कार्यक्रममा बोल्दै नेपाली बीमा बजारमा कम्पनीहरुको संख्या बढी भएका कारण कम्पनीहरुबीचको अस्वस्थ प्रतिष्पर्धाले बीमा बजारमै अविश्वसनीयता बढ्दै गएको आरोप लगाएका छन् ।

अध्यक्ष सिलवालले नेपालको बीमा बजार सबैभन्दा बढी अविश्वसनिय रहेको बताएका छन् । उनले भने, ‘बीमाको व्यवसाय गरिसकेपछि हामीले लङटर्मको रिक्स उठाइरहेका हुन्छौं । तर हामी कता कता हराएका छौं हामीलाई थाहा छैन ।’

Prabhu
Crest

सिलवालले मर्जरका लागि धेरै समय नभएको भन्दै कम्पनीहरुलाई छिटो भन्दा छिटो पार्टर खोज्न आग्रह गरेका छन् । यदि कम्पनीहरुले स्वेच्छिक मर्जरको अस्विकार गरेका खण्डमा बीमा समितिले फोर्स मर्जर गराउने अध्यक्ष सिलवालले चेतावनी समेत दिएका छन् ।

मर्जर पछि कम्पनीहरु पावरफुल हुने भन्दै उनले मर्जर गराउनकै लागि पूँजी बृद्धि योजना ल्याएको बताएका छन् । यदि कम्पनीहरु ठुला भए भने उनिहरुले समयमा दाबी तिर्न सक्नेदेखि लिएर उनिहरुको क्षमता बढ्ने उनको धारणा छ ।

उनले भने,  ‘आगामी चैत मसान्तसम्म पूँजी बृद्धि गर्न पर्यो वा अरु विकल्पबाट यहाँ आउन पर्यो । यत्तिनै पूँजीमा हामीले बोकिरहेको दायित्व भन्दा बढी दायित्व बोक्ने हाम्रो अवस्था छ कि छैन भन्ने हामी हेर्छौं । त्यसकारण आग्रह के भने तपाइहरुले पूँजी ल्याउन सक्नुहुन्छ भने बेटर । तर त्यो पूँजी चाँही राइटको हिसाबमा हुनुहुँदैन् ।’

हकप्रदलाई अस्वीकार गर्दै आएका सिलवालले पार्टनर खोज्ने या ज्वाइन्ट भेन्चर गरेर आउन समेत सुझाव दिएका छन् । सबै लगानीकर्ताले प्रतिफललाई नै हेर्ने भएकाले पूँजीले दिने प्रतिफलमा पनि विचार गर्न उनले आग्रह गरेका छन् । उनले भने ‘हामी सबै जना व्यवसायी  हो, व्यवसाय सेवाको लागि मात्रै खोलिदैन । त्यसले मुनाफा खोज्छ । मुनाफा भएन भने लगानीकर्तालाई कुनै हौसला हुँदैन् । त्यसकारण मर्जरको नितीलाई लिएर अब्बल कम्पनीको रुपमा स्थापित भई लगानीकर्तालाई प्रतिफल र समयमा दाबी भुक्तानी दिन सक्ने कम्पनी बन्नुहोस् ।’

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS