काठमाडौं । बीमा समितिको कर्णाली प्रदेश कार्यालय प्रमुखमा उपनिर्देशक पदम प्रसाद सोडारी नियुक्त भएका छन् । सोडारीले आजैदेखि कार्यभार सम्हालेका छन् । समितिले उप निर्देशक सोडारीको नेतृत्वमा सहायक निर्देशक द्धय राजेन्द्र महर्जन, चिनिया लामा छन् भने कार्यालय सहयोगीमा दिपक प्याकुरेल छन् ।
बीमा समितिले गत मंसिर ६ गते कर्णाली प्रदेश सहित तीन वटा प्रदेशमा प्रादेशिक कार्यालय स्थापना गर्ने निर्णय गरेको थियो । संघियताको मर्म अनुसार बीमा समितिको दायरा विस्तार भएको कर्णाली प्रदेश प्रमुख सोडारीले बताए ।
प्रादेशिक कार्यालयले कर्णाली प्रदेशभरिका अभिकर्तालाई लाइसेन्स दिने तथा तालिम दिनेछ । त्यस्तै सर्भेयरको लाइसेन्स नविकरण पनि गर्न पाउनेछ । बीमितले प्रादेशिक कार्यालयमा आफ्ना गुनासो राख्न पाउनेछन् । उनिहरुको गुनासोलाई प्रादेशिक कार्यालयले नै सहजिकरण गर्न पाउनेछ ।
यस क्षेत्र भित्र रहेका बीमा कम्पनीका शाखा कार्यालयको नियमन र सुपरिवेक्षण गर्नुका साथै कम्पनीहरुले के के गरिरहेका छन् भन्ने प्रत्यक्ष सुपरिवेक्षणका लागि बीमा समिति पुगेको सोडारीले बताए ।