काठमाडौं । आज नेप्से परिसूचक ३६ दशमलव ०७ अंकले घटेर १,९९६ दशमलव २६ को विन्दुमा कायम भएको छ । आज १ अर्ब १८ करोड ५५ लाख ४६ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै शिवम् सिमेन्टको कारोबार भएको छ । कम्पनीको ४ करोड ६७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य ६९८ रुपैयाँ कायम भएको छ ।
त्यस्तै, एनसीसी बैंकको ३ करोड ७९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ३ करोड ३३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नविल बैंकको ३ करोड २० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।