Connect IPS
IME Life

बैंकहरुको १० महिनाको मुनाफा ६४ अर्ब, ग्लोबल र एनआईसीले ४ अर्ब नघाए (कसको कति सूचिसहित)

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । चालु आर्थिक वर्ष सकिन दुई महिना बाँकी छदै ग्लोबल र एनआईसी एशिया बैंकको मुनाफा चार अर्ब नाघेको छ । यस अवधिमा सबैभन्दा धेरै ग्लोबल आइएमई बैंकले चार अर्ब ३१ करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ । त्यस्तै दोस्रो स्थानमा रहेको एनआईसी एशिया बैंकले चार अर्ब ११ करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ ।

समिक्षा अवधिमा ५१ बैंक वित्तीय संस्थाले ६४ अर्ब एक करोड रुपैयाँ मुनाफा आर्जन गरेका छन् । जस मध्ये २७ बाणिज्य बैंकहरुले मात्रै ५८ अर्ब ३३ करोड रुपैयाँ मुनाफा आर्जन गरेका छन् । मुक्तिनाथ विकास बैंकले तीन बाणिज्य बैंकलाई नै उछिनेको छ । यस वर्ष सबैभन्दा कम मुनाफा लक्ष्मी बैंकको छ । गएका वर्षमा कमजोर देखिएका सिभिल र सेञ्चुरी यस वर्ष केहि राम्रा देखिएका छन् ।

Prabhu
Crest

सभिलले यस वर्ष एक अर्ब ५ करोड रुपैयाँ मुनाफा गरिसकेको छ भने सबैभन्दा कम लक्ष्मी बैंकको जम्मा ९२ करोड ८७ लाख रुपैयाँ मात्रै छ । सर्वाधिक मुनाफा आर्जन गर्नेमा क्रमश ग्लोबल ४ अर्ब ३१ करोड, एनआईसी एशया चार अर्ब ११ करोड, नविल बैंक तीन अर्ब ८२ करोड, राष्ट्रिय बाणिज्य बैंक तीन अर्ब ४६ करोड, प्राइम तीन अर्ब १५ करोड, एनएमबी बैंक २ अर्ब ९७ करोड, नेपाल इन्भेष्टमेन्ट २ अर्ब ५६ करोड, सिद्धार्थ बैंक २ अर्ब ४४ करोड, मेगा बैंक २ अर्ब २८ करोड, कुमारी बैंक २ अर्ब ८ करोड, कृषि विकास बैंक २ अर्ब २ करोड मुनाफा आर्जन गरेका छन् । ‍

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS