Connect IPS
IME Life

१४ अंकले घट्यो नेप्से, ८९ करोड ४१ लाखको कारोबार हुँदा कुमारी बैंकको सर्वाधिक

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज साताको अन्तिम दिन पनि शेयर बजार दोहोरो अंकले घटेको छ । आज शेयर बजार नेप्से परिसूचक १४ दशमलव ६४ अकले घटेर २,०४८ दशमलव १६ को विन्दुमा कायम भएको छ । आज ३५ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने १५२ वटा कम्पनीको शेयर मुल्य घटेको छ । आज पनि सबै उपसूचक रात्ताम्मे भएका छन् ।

आज दिनभरिमा २२९ वटा कम्पनीको ३० लाख ४५ हजार ८३८ कित्ता शेयर किनबेच हुँदा ८९ करोड ४१ लाख २४ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कुमारी बैंकको शेयर कारोबार भएको छ । बैंकको ५ करोड ५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल इन्भेष्टमेन्ट बैंकको ४ करोड २४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

त्यस्तै, आज मेगा बैंकको ३ करोड १८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ३ करोड १२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआइसी एशिया बैंकको ३ करोडमाथिको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै ग्रिन भेञ्चर लिमिटेड र उपकार लघुवित्तका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । बलेफि हाइड्रोपावर कम्पनीका लगानकिर्ताले ९ दशलमव ९८ प्रतिशतका दरले कमाएका छन् । लक्ष्मी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ३ दशमलव ६२ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै सामुदायिक लघुवित्तका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ५ दशमलव ७५ प्रतिशतका दरले गुमाएका हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS