काठमाडौं । युनियन मेवा हाइड्रो लिमिटेडको पाँचौं वार्षिक साधारण सभा असार १७ गते हुने भएको छ । सभा धोबिघाटस्थित कम्पनीको रजिष्ट्रर्ड कार्यालयमा बिहान ११ बजे शुरु हुने कम्पनीले जनाउको छ । कम्पनीको जेठ २६ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।
सभाले कम्पनीको रजिष्ट्रर्ड कार्यालयको ठेगाना परिवर्तन गर्ने, आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्तावहरु पारित गर्ने जनाउको छ ।