काठमाडौं । कालंगा हाइड्रो लिमिटेडले विशेष साधारण सभा आगामी असार ११ गते गर्ने भएको छ । कम्पनीले सभा केन्द्रीय कार्यालय धोवीघाट, ललितपुरमा दिउँसो २ बजे गर्ने जानकारी दिएको छ।
सभाले कम्पनीको जारी पूँजी वृद्धि गर्नुपर्ने भएकाले प्रबन्धपत्रको दफा संशोधन गर्ने प्रस्ताव पनि पारित गर्नेछ । साथै सभाले कम्पनीको नियन्त्रणमा रहेको शेयर खरीदविक्रीका लागि अनुमति लिने प्रस्ताव पनि पारित गर्नेछ ।