Connect IPS
IME Life

बिन्ध्यबासिनी हाइड्रोपावरको आइपीओमा १६ गुणा बढीको आवेदन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले जेठ २० गतेदेखि निष्काशन गरेको आइपीओमा हिजो अन्तिम दिनसम्म १६ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले दिएको जानकारी अनुसार अन्तिम दिन अर्थात् बुधवार साँझ साढे ५ बजेसम्म १८ लाख ४५ हजार ६७ जना आवेदकहरूबाट २ करोड १९ लाख ३५ हजार १० कित्ता शेयर खरीदको लागि आवेदन परेको हो ।

कम्पनीले सर्वसाधारणमा प्रतिशेयर १०० अंकित मूल्यका १५ लाख कित्ता आइपीओ वितरण गर्न लागेको हो । कुल कित्ता शेयरमध्ये ४ प्रतिशत अर्थात् ६० हजार कित्ता शेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात् ७५ हजार कित्ता शेयर सामुहिक लगानी कोषमा बाँडफाँड गरिएको छ ।

Prabhu
Crest

बाँकी १३ लाख ६५ हजार कित्ता शेयर भने सर्वसाधारणका लागि सार्वजनिक निष्काशनमार्फत विक्री गरेको हो । कम्पनीको शेयर विक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ । यस आइपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिने व्यवस्था थियो ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयमा आइपीओ विक्री गरी दोस्रो चरणमा सर्वसाधारणमा आईपीओ विक्री गरेको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS