Connect IPS
IME Life

नेप्सेमा दोस्रो दिन पनि ४५ अंकको गिरावट, सबै उपसूचक रात्ताम्मे

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज साताको दोस्रो दिन पनि शेयर बजारमा गिरावट आएको छ । आज शेयर बजार नेप्से परिसूचक ४५ दशमलव ५९ अंकले घटेर २,०२० दशमलव २३ को विन्दुमा कायम भएको छ । आज १५ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने १८१ कम्पनीको शेयर मुल्य घटेको छ । आज सबै उपसूचकमा गिरावट आएको छ ।

आज २३४ कम्पनीको ३८ लाख ८७ हजार ७४८ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ३१ करोड २८ लाख ६ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभनदा धेरै एनआइसी एशिया बैंकको शेयर कारोबार भएको छ । बैंकको ६ करोड ११ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कुमारी बैंकको ५ करोड ८८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

त्यस्तै, हिमालयन डिष्टिलरीको ३ करोड ७५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ३ करोड २० लाख रुपैयाँको शेयर कारोबार भएको छ । नविल बैंकको २ कोड ९० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै उपकार लघुवित्तका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । वलेफी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ९ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् । माउन्टेन हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ३ दशमलव ८२ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरी आज सबैभन्दा धेरै हिमालयन बैंकका लगानीकर्ताले गुमाएका छन् । बैंकका लगानीकर्ताले ९ दशमलव ९७ प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS