IME Life New

शेयर कारोबारको अनलाइन भुक्तानीमा कनेक्ट आइपिएसको एकलौटीले लगानीकर्ताहरुलाई सास्ती

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हाल नेपाल स्टक एक्सचेन्ज अन्तर्गत हुने शेयर कारोबारको रकम भुक्तानी तथा राफसाफका लागि ४ वटा वाणिज्य बैंकहरु सूचिकृत भएकामा प्रभु बैंक र ग्लोबल आइएमई बैंकमा अधिकांश धितोपत्र दलालहरुले आफ्नो राफसाफ तथा कारोबार खाता सञ्चालन गरिरहेकाछन् भने सिद्धार्थ बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकमा भने अहिलेसम्म कुनै पनि धितोपत्र दलालहरुले राफसाफ तथा कारोबार खाता सञ्चालनमा ल्याएको पाइन्न ।

धितोपत्र कारोबार अनलाइनबाट शुरु भएसँगै ग्राहकहरुको संख्या समेत वृद्धि हुँदै जाँदा बैंक खाताबाट मात्रै भुक्तानी तथा राफसाफ कठिनाई हुँदै जाँदा राफसाफ निकाय सिडिएससी एण्ड क्लियरिङले अनलाइनबाटै भुक्तानी तथा राफसाफका लागि भन्दै लामो समयदेखि एउटा मात्रै भुक्तानी प्रदायक संस्था एनसिएचएल अन्तर्गतको कनेक्ट आइपिएसलाई अनुमति दिँदा बजारमा एनसिएचलको एकलौटी बर्चस्व भएको देखिन्छ । खुला बजारमा सिडिएससिले नेपाल राष्ट्र बैंकबाट पिएसपि र पिएसओको अनुमति लिएका थप अनलाइन भुक्तानी प्रदायक संस्थाहरुलाई अनलाइन भुक्तानी तथा राफसाफ कार्यमा काम गर्ने अनुमति नदिँदा लगानीकर्ताहरुले ठूलो भुक्तानीको लागि अनलाइनबाट भुक्तानी गर्दा कनेक्ट आइपिएसबाट मात्रै गर्नुपर्ने बाध्यता रहेको छ ।

Esewa
Crest

अहिले प्रचलित इसेवा, आइएमईपे, खल्ति, प्रभु पे, एनपे जस्ता चलनचल्तिमा रहेका भुक्तानी प्रदायक तथा तथा एससिटि, सेलपे, इसेवा फोन पे लगायतका भुक्तानी सञ्चलान सेवाको अनुमति प्राप्त भुक्तानी कम्पनीहरु समेत सञ्चालनमा रहेको अवस्थामा नेप्से र सिडिएससिले भने एनसिएचएललाई मात्रै भुक्तानी सेवा प्रदान गर्ने अनुमति दिइएको छ ।

शेयरबजारमा दैनिक कारोबार गर्ने लगानीकर्ताहरुले अनलाइन भुक्तानी गर्दा आफूसँग रहेको इसेवा, आइएमईपे खल्ती जस्ता इ वालेट तथा सेलपे, इसेवा फोन पे वा एससिटिबाट भुक्तानी गर्न चाहेमा पनि यी भुक्तानी प्रदायकबाट भुक्तानी गर्न असमर्थ भएका कारण जबरजस्ती रुपमा कनेक्ट आइपिएसमा आबद्ध हुनुपरेको बताउँछन् ।

स्वतन्त्र र खुला बजार रणनीति अख्तियारी गरी भुक्तानी सेवालाई प्रतिस्पर्धी तथा सुविधामुखी बनाउनुपर्नेमा नेप्से र सिडिएससिको ध्यान त्यसतर्फ कहिले जाने हो ? भन्दै केही लगानीकर्ता तथा शेयर कारोबारीहरुले बारम्बार थप अनलाइन भुक्तानी सेवापनि जोडिनुपर्ने बताउँदै आएकाछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS