काठमाडौं । आज परिसूचक १२ दशमलव ९२ अंकले घटेर २,०६५ दशमलव ७८ को विन्दुमा कायम भएको छ । १ अर्ब २७ करोड ३३ लाख ८५ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै एशियन लाइफ इन्स्योरेन्सको कारोबार भएको छ । कम्पनीको ८ करोड २४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य ५३९ रुपैयाँ रहेको छ ।
त्यस्तै, एनआइसी एशिया बैंकको ६ करोड ७६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल लाइफको ४ करोड ६१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अरुण भ्याली हाइड्रोपावर कम्पनीको ३ करोड ९० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।