काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । आज परिसूचक १२ दशमलव ९२ अंकले घटेर २,०६५ दशमलव ७८ को विन्दुमा कायम भएको छ । आज ९७ वटा कम्पनीको शेयर मुल्य घटेको छ भने ८७ वटा कम्पनीको शेयर मुल्य बढेको छ । आज विकास बैंक, फाइनान्स, उत्पादनमुलक, अन्य, माइक्रोफाइनान्स र म्युचुअल फण्ड उपसूचक बढेका छन् ।
आज दिनभरिमा २२८ वटा कम्पनीको ४४ लाख ९ हजार ६९१ कित्ता शेयर किनबेच हुँदा १ अर्ब २७ करोड ३३ लाख ८५ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै एशियन लाइफ इन्स्योरेन्सको कारोबार भएको छ । कम्पनीको ८ करोड २४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य ५३९ रुपैयाँ रहेको छ ।
त्यस्तै, एनआइसी एशिया बैंकको ६ करोड ७६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल लाइफको ४ करोड ६१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अरुण भ्याली हाइड्रोपावर कम्पनीको ३ करोड ९० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै उपकार लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । बलेफी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ९ दशमलव ९६ प्रतिशतका दरले कमाएका छन् । नारायणी डेभपलमेन्ट बैंकका
लगानीकर्ताले ६ दशमलव ४७ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै हिमालयन बैंकका लगानीकर्ताले गुमाएका छन् । बैंकका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले गुमाएका हुन् ।