काठमाडौं । मर्जर प्रकृयाँका कारण विगत एक वर्ष भन्दा लामो समयदेखि कारोबार बन्द रहेको हिमालयन बैंकको शेयर कारोबार फुकुवा भएको छ । नेपाल इन्भेष्टमेन्ट बैंक सँग मर्जरको संझौता गरेपछि २०७८ बैशाख ३१ गतेबाट कारोबार रोक्का गरिएको थियो ।
मर्जर भाडिए पनि नेपाल राष्ट्र बैंकले दोस्रो बजारमा कारोबार रोक्का कायमै राखिदिएको थियो । राष्ट्र बैंकले नेपाल इन्भेष्टमेन्टको शेयर कारोबार गत साता नै खुला गरिदिएको थियो । तर मर्जर भाडेको भन्दै राष्ट्र बैंकले कारबाहीको रुपमा कारोबार खुला गरिदिएको थिएन ।
कारोबार खुला गरिदिए सँगै बैंकको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयर मूल्य ३९ रुपैयाँले घटेर ३५८ रुपैयाँमा झरेको छ । शेयर खरिद गर्ने छैनन् तर बिक्री गर्ने मात्रै हाबी हुँदा सर्किट लागेको हो ।