IME Life New

सगरमाथा जलविद्युतले आइपीओ निष्काशन गर्ने, विक्री प्रबन्धकमा प्रभु क्यापिटल

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले सर्वसाधारणलाई प्रारम्भिक सार्वजनिक निष्काशन गर्ने कार्यका लागि प्रभु क्यापिटल लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो नियुक्ति सम्बन्धी सम्झौतामा सगरमाथा जलविद्युत कम्पनी लिमिटेडका तर्फबाट कम्पनीका अध्यक्षडा भोगेन्द्र कुमार गुरागाईं तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरे ।

सो कार्यक्रममा सगरमाथा जलविद्युत कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक भूषण गुरागाईं तथा प्रभु क्यापिटलका लिमिटेडका तर्फबाट चिफ बिजनेस अफिसर बासु थपलियाको उपस्थिति रहेको थियो ।

Crest

कम्पनीले इलाम जिल्ला इलाम नगरपालिका वार्ड नं. २, ३ र ५ स्थित माई खोलामा सुपरमाई जलविद्युत ‘ए’ आयोजना निर्माण गरी सञ्चालन गरिरहेको छ । आयोजनाको क्षमता९.६ मेगावाट रहेको छ । आयोजनाले २०७७ जेष्ठ ३२ देखि जलविद्युत उत्पादन शुरु गरिसकेको र आयोजनाले शतप्रतिशत क्षमतामा विद्युत उत्पादन गरिरहेको कम्पनीका प्रबन्ध सञ्चालक भूषण गुरागाईंले सम्झौता कार्यक्रममा जानकारी दिए ।
कम्पनीले आफ्नो जारी पूँजी रु. १ अर्ब १२ करोडमध्ये स्थानीयका लागि १० प्रतिशत वापत रु. ११ लाख २० हजार कित्ता, तथा सर्वसाधारण, कर्मचारी तथा सामुहिक लगानी कोषका लागि रु. ४३ लाख ६८ हजार कित्ता गरी जम्मा५४ लाख ८८ हजार कित्ता बराबरको साधारण शेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS