Connect IPS
IME Life

राष्ट्र बैंकको एक पछि अर्को कदमले शेयर बजार घट्न रोकिएन, आज पनि ३३ अंकको गिरावट

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । शेयर बजार विरोधी गभर्नर महाप्रसाद अधिकारीको एक पछि अर्को कदमले शेयर बजारलाई पेनिक बनाउन थालेको छ । शेयर बजार विरोधी गभर्नरको ट्याग पाएका अधिकारीले मर्जरमा नजाने बैंकहरुलाई राष्ट्र बैंकले दिएका सहुलियत नदिने भन्दै धम्क्याएका छन् ।

बजारमा चरम तरलता अभाव हुँदा पनि सिडी रेसियोमै अडिएका अधिकारीले यस्तो अभिव्यक्ति दिए सँगै शेयर बजार भने थप ३३ अंकले घटेको छ । गभर्नर अधिकारीले असार भित्र सिडी रेसियो ९० प्रतिशत भित्र नझार्नेलाई कारबाही गर्ने संकेत सँगै अव बैंकहरुले असारभरी एक रुपैयाँ पनि थप कर्जा प्रवाह गर्न सक्दैनन् । यस्तो अवस्था रहिरहने हो भने शेयर बजार अझै तल झर्ने लगानीकर्ताको अनुमानले पनि शेयर बजारमा लगातार गिरावट हुँदै आइरहेको छ ।

Prabhu
Crest

साताको अन्तिम कारोबार १.६० प्रतिशतको गिरावट सँगै २०७८.७० अंकमा रोकिएको छ । सूचक घटेपनि कारोबार रकममा भने सामान्य सुधार भएको छ । शुक्रवार एक अर्ब ३० करोड रुपैयाँको खरिद बिक्री भएको छ ।

सम्पुर्ण सूचक तथा उपसूचक घट्दा उपकार लघुवित्त र बलेफी हाइड्रोपावरको शेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ । आज २२६ वटा कम्पनीको शेयर कारोबार हुँदा जम्मा १७ वटाको मात्रै बढेको छ भने १७४ वटाको भने घटेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS