Connect IPS
IME Life

शेयर बजार दुई हजारको लाइनमा झर्यो, १७ महिना पछाडि धकेलियो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । शेयर बजार २ हजारको लाइनमा झरेको छ । बजार लगातार तल झर्ने क्रममा शुक्रवार समाचार तयार पार्दासम्म नेप्से सूचक २०९३ अंकमा झरेको छ । आज भन्दा एक वर्ष ५ महिना तीन दिन अगाडी नेप्से सूचक २०८७ थियो ।

शेयर बजार गत भदौ २ गते सर्वाधिक उचाइमा पुगेर तल झर्न थालेको थियो । जति वेला नेप्से सूचक ३१९९ अंक थियो । अहिलेसम्ममा ११०४ अंकले घटिसकेको छ । कोभिड १९ ले बढेको शेयर बजार कोभिड १९ ले ध्वस्त बनाएको अर्थतन्त्रका कारण घटिरहेको छ ।

Prabhu
Crest

बैंकिङ तरलता नहुँदा बैंकहरुले नयाँ कर्जा प्रवाह गर्न सकिरहेका छैनन् । असार सम्ममा बैंकहरु सिडी रेसियो ९० प्रतिशतमा झार्नै पर्ने दवावमा छन् । ठुला लगानीकर्ताहरुले शेयर बजार अधिकतम विन्दुमा पुग्दै बाहिरिसकेका छन् । शेयर बजारबाट बाहिन नसकेका लगानीकर्ताहरुको अर्बौ रुपैयाँ फसिसकेको छ । अहिले कोहि पनि नयाँ लगानी गर्न सक्ने अवस्थामा छैनन् । अव ठुला लगानीकर्ताहरु बजार प्रवेश नगरुन्जेल सुधार हुने संकेत देखिदैन ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS