Connect IPS
IME Life

सयपत्री र मन्दाकिनी हाइड्रोपावरले पाए आइपिओ निष्काशनको अनुमति, कसको कति ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सयपत्री हाइड्रोपावर कम्पनी र मन्दाकिनी हाइड्रोपावर कम्पनीले आइपिओ निष्काशनका लागि अनुमति पाएका छन् । नेपाल धितोपत्र बोर्डले दुबै कम्पनीलाई प्रभावित क्षेत्रका बासिन्दा र सर्वसाधारणका लागि आइपिओ निष्काशनका लागि अनुमति प्रदान गरेको हो ।

सयपत्रीले ९ करोड रुपैयाँ र मन्दाकिनीले १७ करोड ६४ लाख रुपैयाँको आइपिओ निष्काशन गर्ने भएका छन् । सयपत्रीको धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ भने मन्दाकिनीको बैंक अफ काठमाण्डू रहेको छ ।

Prabhu
Crest

सयपत्रीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित ९ लाख कित्ता साधारण सेयर बिक्री खुल्ला गर्नेछ । पहिलो चरणमा  आयोजना प्रभावित स्थानीय र दोस्रो चरणमा सर्वसाधारणका लागि सेयर बिक्री खुला गरिने कम्पनीले जनाएको छ । स्थानीयका लागि ३ करोड रुपैयाँ मूल्यको ३ लाख कित्ता सेयर छुट्याइएको छ । बाँकी ६ करोड मूल्यको ६ लाख कित्ता सेयर सर्वसाधारणका लागि छुट्याइएको छ ।

कम्पनीले बागलुङमा सञ्चालित २.५ मेगावाटको दरमखोला जलविद्युत आयोजना निर्माण गरेको छ । कम्पनीले बागलुङमा निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएको आयोजनाले २०७३ असार १२ गतेदेखि नियमीत विद्युत उत्पादन गरिरहेको छ ।

त्यस्तै मन्दाकिनी हाइड्रोपावरले १०० रुपैयाँ अंकित दरका कुल १७ लाख ६४ हजार १११ कित्ता आईपीओ निष्कासन गर्नेछ । यो आईपीओ कम्पनीको जारी पुँजी ५८ करोड ८० लाख ३६ हजार ९०० रुपैयाँ ३० प्रतिशतबराबरको हुन आउँछ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS