Connect IPS
IME Life

शेयर बजार थप १८ अंकले घट्यो, बजेट पछि तिव्र गतिमा गिरावट

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बजार घट्ने क्रम आज पनि रोकिएन । बिहीबार नेप्से सूचक १८.२६ अंकले घटेर २११२.४७ अंकमा झरेको छ । सूचक सँगै कारोबार रकम पनि लगातार घटिरहेको छ । आज एक अर्ब १६ करोड रुपैयाँको कारोबार भएको छ ।

बिहीबार २२७ वटा कम्पनीको शेयर खरिद बिक्री हुँदा जम्मा ३९ वटाको मात्रै बढेको छ भने १४९ वटाको घटेको छ । आज बलेफी हाइड्रोपावरको शेयर मूल्य सर्वाधिक धेरै बढ्ने क्रममा सर्किट लागेको छ । सर्वाधिक धेरै प्रभु लाइफको ६.४७ प्रतिशलते घटेको छ । सर्वाधिक धेरै माउन्टेन हाइड्रोको १२ करोड १२ लाख रुपैयाँको खरिद बिक्री भएको छ ।

Prabhu
Crest

बजेट पछि शेयर बजारमा तिव्र गिरावट देखिएको छ । बजेट पछि बजार सुधार हुने अपेक्षमा रहेका लगानीकर्ताले बजेटमा कुनै पनि आकर्षक प्याकेज नपाए पछि बजार झन् तल झरेको हो । बजार घट्यो भन्दै आफु सँग भएको अलि अलि पैसा पनि एभरेजिङ गर्दा गर्दै सकिए पछि अहिले बजारमा सक्रिय लगानीकर्ताको संख्या घट्दै गएको छ । बजार सुधार हुन शेयर खरिद गर्ने लगानीकर्ता आउनु पर्छ तर अहिले सबै लगानीकर्ता शेयर खरिद गर्नै नसक्ने अवस्थामा छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS