IME Life New

कृषि सामग्री कम्पनीको १८ औं बार्षिक साधारणसभा हुँदै, यस्ता छन् प्रस्तावहरु

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कृषि सामाग्री कम्पनी लि.ले १८ औं साधारणसभा डाकेको छ । २०७९ जेठ १७ गते बसेको कम्पनीको सञ्चालक समितिको निर्णयले यहि असार १० मा साधारणसभा गर्ने निर्णय गरेको हो ।

कम्पनीको उक्त दिन सम्पूर्ण शेयरधनीहरुलाई उपस्थित हुन आग्रह गरेको छ । १८ औं साधारणसभामा कम्पनीले निम्न प्रस्ताव र विषयमाथि छलफल गर्ने जनाएको छ ।

Esewa
Crest

साधारण प्रस्ताव अन्तर्गत,
१. आर्थिक वर्ष २०७७,७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल
२.लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष ०७७,७८ को वित्तीय विवरण, नाफा नोक्सान हिसाब,नगद प्रवाह विवरण तथा अन्य अनुसूचीहरु उपर छलफल गरिने ।
३.आर्थिक वर्ष०७७,७८ मा कम्पनीले आर्जन गरेको नाफाबाट बोनस ऐन,२०३० बमोजिम कर्मचारीहरुलाई बोनस बापत छुट्याइएको रकम पारित गर्ने ।
४.सञ्चालक समितिका अध्यक्ष, सञ्चालकहरु र प्रबन्ध सञ्चालकको तलब भत्ता, बैठक भत्ता, भ्रमण खर्च र अन्य खर्चहरु अनुमोदन गर्ने,

विशेष प्रस्ताव अन्तर्गत,
१.कम्पनीको प्रबन्धपत्र तथा नियमावली कम्पनी ऐन,२०६३ ले तोके बमोजिमको ढाँचामा परिवर्तन गर्ने ।
२.कम्पनीको नियमावलीको नियम १२ को उपनियम २ को खण्ड ग बमोजिम सञ्चालक नियुक्त गर्ने,
३.शेयरधनीहरुबाट चुक्ता हुन बााकी शेयर रकमको भुक्तानी माग गर्ने,
४.स्वतन्त्र स१भमलक सम्बन्धमा
५.कृषि चुन उद्योगको शेयर सम्बन्धमा र कर्मचारी प्रोत्साहन भत्ता सम्बन्धमा कम्पनीले साधारण सभामा छलफल एवम पारित गर्ने भएको हो ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS