काठमाडौं । बीमा समतिले एक जना कृषि अधिकृतलाई करार पदमा नियुक्ति गर्ने भएको छ । करार सेवामा नियुक्तिका लागि समितिले रोस्टर तयार पार्ने भएको हो । योग्यता पुगेका नेपाली नागरिकले आजको ७ दिन भित्रमा आवेदन दिइसक्नु पर्नेछ ।
मान्यता प्राप्त विश्वविद्यालयबाट कृषि विज्ञान विषयमा स्नातकोत्तर तह वा सो सरह उत्तीर्ण गरेकाले आफ्नो व्यक्तिगत विवरण, कार्य अनुभव, नागरिकता तथा शैक्षिक योग्यताको प्रमाणपत्र सहितको निवेदन समितिको इमेल ठेगाना तथा समितिको कार्यालयमा पेश गर्नुपर्नेछ ।


















