काठमाडौं । सरकारले दिँदै आएको लोककयाणकारी विज्ञापन अब अनलाइन मिडियाले पनि पाउने भएका छन् । अर्थमन्त्री जनाद्र्धन शर्माले आर्थिक वर्ष २०७९, ०८० को बजेट प्रस्तुत गर्ने क्रममा सो कुरा बताएका हुन् ।
सरकारले श्रमजीवि पत्रकारका लागि दुर्घटना बीमा सेवा प्रदान गर्दै आएको थियो । मुलधारका मिडिया हाउसमा कार्यरत श्रमजीवि पत्रकारले मात्र पाउँदै आएको उक्त दुर्घटना बीमाको सेवा अब अनलाइन मिडियामा कार्यरत पत्रकारले समेत पाउने अर्थ मन्त्री शर्माले बताएका छन् ।