IME Life New

मौद्रिक समिक्षाले संबोधन नगर्दा शेयर बजार १५ अंकले घट्यो, बजेटको आशामा कारोबार बढ्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजारका लगानीकर्ताले तेस्रो त्रैमाशिक मौद्रिक समिक्षाबाट केहि संबोधन हुने अपेक्षा गरेका थिए । तर राष्ट्र बैंकले अर्धवार्षिक समिक्षाकै व्यवस्थालाई निरन्तरता दिए पछि साताको अन्तिम कारोबार १५.८२ अंकले घटेको छ ।

राष्ट्र बैंकले मौद्रिक समिक्षा सार्वजनिक गर्नु अगाडी बढि रहेको शेयर बजार मौद्रिक समिक्षा सार्वजनिक भए लगत्तै घट्न थालेको थियो । नेप्से सूचकमा गिरावट देखिए पनि कारोबार रकममा भने केहि सुधार देखिएको छ । गएका दिनमा एक अर्ब भन्दा तल झरेको कारोबार आज भने एक अर्ब २९ करोड रुपैयाँको भएको छ ।

Esewa
Crest

होटलको सूचकमा सुधार देखिए पनि बाँकी सूचकमा गिरावट आएको छ । ३८ वटा कम्पनीको शेयर मूल्य बढ्दा १४६ वटाको मूल्य घटेको छ । सर्वाधिक धेरै रुरु जलविद्युत कम्पनीको शेयर मूल्य ६.१३ प्रतिशतले बढेको छ भने सर्वाधिक धेरै दिव्यश्वरी हाइड्रोपावरको ३.७५ प्रतिशतले घटेको छ ।

सर्वाधिक धेरै कारोबार प्रभु बैंकको संस्थापक शेयर र मेगा बैंकको कारोबार भएको छ । मर्जरको हल्लाले मेगा बैंकको कारोबार बढिरहेको छ । नेप्से सूचक सर्वाधिक तल्लो विन्दुमा रहेको भन्दै लगानीकर्ताले कारोबार बढाएका छन् । अर्को तर्फ बजेटले शेयर बजारलाई केहि संबोधन गर्न सक्ने अनुमानले पनि आज शेयर कारोबार बढेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS