काठमाडौं । ङादी ग्रुप पावर कम्पनीको प्रमुख कार्यकारी अधिकृत सीईओमा सुदीप बास्कोटा नियुक्त भएका छन् । कम्पनीको जेठ ११ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीमा व्यवस्थापकको रुपमा कार्यरत बास्कोटालाई प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिने निर्णय गरेको हो ।
ङादी ग्रुप पावरको सीईओमा बास्कोटा नियुक्त

















