IME Life

अपि पावरले जेठ १८ गतेदेखि अवितरित हकप्रद शेयर लिलामी मार्फत विक्री गर्दै

SPIL
NIC ASIA

काठमाडौं । जेठ १८ गतेदेखि अपि पावर कम्पनी लिमिटेडले ४ लाख ४९ हजार ३२८ कित्ता अवितरित हकप्रद शेयर लिलामी मार्फत विक्री गर्ने भएको छ । कम्पनीले चैत २५ गतेदेखि बैशाख १५ गतेसम्म १ बराबर शून्य दशमलव ३९३६ को अनुपातमा हकप्रद शेयर जारी गर्दा वितरण हुन नसकेको उक्त शेयर लिलामीमा विक्री गर्ने भएको हो ।

चैत १३ गतेसम्म कायम शेयरधनीहरुका लागि जारी भएको उक्त हकप्रद शेयर खरीदका लागि तोकिएको अवधिभित्र रितपूर्वक आवेदन दिने आवेदकहरुलाई जेठ ५ गते बाँडफाँड गरिएको थियो ।

Prabhu
Crest

शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १ सय रुपैयाँ तोकिएको छ । खरीद गर्न इच्छुक लगानीकर्ताहरुले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । कम्पनीको हकप्रद शेयर विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

जेठ २६ गतेसम्म इच्छुक खरीदकर्ताहरुले कम्पनीको कार्यालय ट्रेड टावर, थापाथली, काठमाडौं, मुक्तिनाथ क्यापिटल लिमिटेडको कार्यालय नक्साल, काठमाडौं र मुक्तिनाथ विकास बैंकको ठिमी–भक्तपुर, कुमारीपाटी–ललितपुर, इटहरी, इलाम, पोखरा, बुटवल, विराटनगर, वीरगञ्ज, नारायणगढ, सुर्खेत, नपालगञ्ज, धनगढी र जनकपुर शाखाबाट पनि आवेदन प्राप्त गर्न र बुझाउन सकिनेछ ।

हाल कम्पनीको चुक्तापूँजी रू। २ अर्ब ७५ करोड ८९ लाख १५ हजार रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS