काठमाडौं । आज साताको पहिलो दिन शेयर बजार ३४ दशमलव २१ अंकले घटेर २,२०० दशमलव ८८ को विन्दुमा कायम भएको छ । आज १३ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने १७८ वटा कम्पनीको शेयर मुल्य घटेको छ ।
आज सबैभन्दा धेरै गुराँस लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ६ दशमलव २० प्रतिशतका दरले कमाएका हुन् । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले ५ दशमलव २६ प्रतिशतका दरले कमाएका छन् । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले ४ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै मिथिला लघुवित्तका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ५ दशमलव ८९ प्रतिशतका दरले गुमाएका हुन् ।