IME Life New

अन्तिम दिन दोर्दी खोला जलविद्युतको आइपीओमा कति पर्यो आवेदन ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बैशाख १३ गतेदेखि निष्काशन गरेको दोर्दी खोला जलविद्युत् कम्पनी लिमिटेडको आइपीओमा अन्तिम दिनसम्म ६९ प्रतिशत मात्र आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले दिएको जानकारी अनुसार बिहीवार साँझ ५ बजेसम्म २ हजार ८१० जना आवेदकहरुले ७ लाख २८ हजार ११० कित्ता शेयर खरीदको लागि आवेदन दिएका हुन् ।

कम्पनीले आयोजना प्रभावित क्षेत्र अर्थात लमजुङ जिल्लाको दोर्दी गाउँपालिकाका बासिन्दाहरुका लागि आईपीओ जारी गरेको हो । कम्पनीले जारी पूँजी रू। १ अर्ब ५ करोड ४२ लाख ६० हजारको १० प्रतिशतले हुन आउने प्रतिकित्ता रू। १०० अंकित दरका रू। १० करोड ५४ लाख २६ हजार बराबरको १० लाख ५४ हजार २६० कित्ता साधारण शेयर निष्काशन गरेको हो ।

Esewa
Crest

यस आईपीओलाई इक्रा नेपालले दायित्व बहन गर्ने क्षमता औषत जोखिम रहेको संकेत गर्ने इक्राएनपी आईआर डबल बी माइनस रेटिङ प्रदान गरेको छ । कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीले लमजुङ जिल्लामा १२ मेगावाट क्षमताको दोर्दी १ जलविद्युत् आयोजना निर्माण गर्दैछ । यो आयोजनाको अनुमानित निर्माण लागत कुल रू। २ अर्ब ६९ करोड ४४ लाख ३ हजार रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS