IME Life New

२३ अंकले घट्यो नेप्से, एक उपसूचक बाहेक सबै रात्ताम्मे

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक २३ दशमलव ५१ अंकले घटेर २,२५० दशमलव ९१ को विन्दुमा कायम भएको छ । आज १९ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने १६९ कम्पनीको शेयर मुल्य घटेको छ । आज म्युचुअल फण्ड बाहेक सबै उपसूचक घटेका छन् । आज सबैभन्दा धेरै विकास बैंक उपसूचक घटेको छ ।

आज दिनभरिमा २१९ कम्पनीको ३७ लाख ९८ हजार २६३ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ३० करोड ९ लाख ८१ हजा। रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै प्रभु बैंक संस्थापश शेयर कारोबार भएको छ । बैंकको संस्थापक शेयर १२ करोड ८१ लाख रुपैयाँको कारोबार भएको हो ।

Esewa
Crest

त्यस्तै, एनआइसी एशिया लघुवित्त प्रोमोटर शेयर ५ करोड ७ लाख रुपैयाँको कारोबार भएको छ । अरुण भ्याली हाइड्रोपावर कम्पनीको ३ करोड ९० लाख रुपैयाँको शेयर कारोबार भएको छ । अरुण कावेली पावर कम्पनीको ३ करोड १२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको २ करोड ९६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै जनरल इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ७ दशमलव ४५ अंकले कमाए हुन् । मैलुङ खोला जलविद्युत कम्पनीका लगानीकर्ताले २ दशमलव ९४ प्रतिशतका दरले कमाएका छन् । एनएमबि हाब्रिट फण्डका इकाईधनीले २ दशमलव २८ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ७ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS