काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक सामान्य अंकले बढेको छ । आज शेयर बजार ८ दशमलव ९० अकले बढेर २,२७४ दशमलव ४२ को विन्दुमा कायम भएको छ । आज १२७ वटा कम्पनकिो शेयर बढेको छ भने ५२ वटा कम्पनीको शेयर मुल्य घटेको छ ।
आज सबैभन्दा धेरै राद्यी विद्युत कम्पनीका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ६ दशमलव ०२ प्रतिशतका दरले कमाएका छन् । सिनर्जी पावर कम्पनीका लगानीकर्ताले ५ दशमलव ९१ प्रतिशतका दरले कमाएका छन् । बरुण हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ५ दशलमव ७७ प्रतिशतका दरले कमाएका छन् । इमर्जिङ नेपालका लगानीकर्ताले ५ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै सूर्योदय वोमी लघुवित्तका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीस्कर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।