IME Life New

सोल्टी होटलले कमायो १० करोड ८५ लाख रुपैयाँ नाफा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सोल्टी होटल लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले यस अवधिमा १० करोड ८५ लाख मुनाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिसम्म कम्पनीले १३ करोड ६६ लाखभन्दा बढी नोक्सानीमा रहेको थियो ।

कम्पनीको आम्दानी यस वर्ष करीब १४१ प्रतिशत बढेको । गत वर्ष ३० करोड ८७ लाखभन्दा बढी आम्दानी गरेको कम्पनीले यस वर्ष ७४ करोड ३८ लाखभन्दा बढी आम्दानी गरेको हो ।

Esewa
Crest

हाल कम्पनीको चुक्ता पूँजी ८४ करोड २५ लाख ७९ हजार रहेको छ । जगेडा कोष रकम गत वर्षभन्दा ४ दशमलव १३ प्रतिशत बढेर ६९ करोड ८२ लाखभन्दा बढी भएको छ ।

तेस्रो त्रैमाससम्म कम्पनीको प्रतिशेयर १ रुपैयाँ २९ पैसा र प्रतिशेयर नेटवर्थ १८ रुपैयाँ २९ पैसा रहेको छ । यस अवधिसम्म कम्पनीको मूल्य आम्दानी अनुपात १७८.४५ गुणा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS