IME Life New

डेलक्रेडा नेपालको समन्वयनमा उधारो व्यापार बारे अन्तरक्रिया कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । डेलक्रेडा नेपालले नेपालमा उधारो कारोबारको सम्भावना र यसका फाइदा बारे अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । नेपालका लागि नयाँ विषयको रुपमा रहेको उधारो कारोबारले बैंकसँगै बीमा क्षेत्रमा यसको सम्भाव्यता बारे छलफल भएको हो ।

उक्त कार्यक्रममा डेलक्रेडा ग्रुपका संस्थापक सिइओ एन्ड्रियाज स्टेनबर्न, जर्मन सिड एलायन्सका महानिर्देशक आन्ने कार्टेन, बीमा समितिका निर्देशक सुशिलदेव सुवेदी, नेपाल राष्ट्र बैंकका निर्देशक निश्चल अधिकारी, बीमक संघका अध्यक्ष एवम सगरमाथा इन्स्योरेन्स कम्पनीका सिइओ चंकी क्षेत्री, लगायत विभिन्न व्यवसायीहरको उपस्थिति रहेको थियो । कार्यक्रमको संयोजन एवम टिपोट कार्य भने बीमा समितिका राजेन्द्र महर्जनले गरेका थिए ।

Esewa
Crest

डेलक्रेडा नेपालले आयोजना गरेको उक्त कार्यक्रममा डेलक्रेडा ग्रुपका संस्थापक सिईओ एन्ड्रियाज स्टेनबर्न, जर्मन सिड्स एलायन्सका महानिर्देशक आन्ने कार्टेनले प्रस्तुती दिएका थिए । स्टेनबर्नले आफ्नो प्रस्तुती मार्फत उधारो व्यवसायलाई जोखिम रहित बनाउन आर्थिक मात्र नभई मानसिक रुपमा समेत सचेत बनाउन क्रेडिट इन्स्योरेन्सले भूमिका खेल्ने बताए । नेपाल जस्तो देशमा उधारो कारोबारको जोखिमका लागि बीमा अपरिहार्य रहने उनको भनाई छ ।

यसैक्रममा डेलक्रेडा नेपालका व्यवस्थापक रोशन पोखरेलले उधारो व्यापारका लागि निजि क्षेत्रबाट उधारो बीमा सेवाको स्थापना गर्नुपर्ने बताए । जोखिम वहन भएको खण्डमा नेपालको व्यापार समेत राम्रो हुने उनको भनाई छ । नेपालको व्यापारिक क्षेत्रमा नन पेमेन्टको समस्या भयावह रहेकोले उधारो बीमाको अति आवश्यक रहेको पोखरेलको भनाई छ ।

नेपालमा उधारो व्यापार सञ्चालन गर्नु भनेको व्यापारलाई घाटा तर्फ उन्मुख गराउनु रहेको एडभान्स ग्रुपका भाइस प्रेसिडेन्ट राजन झाले बताए । उधारोमा सामान बिक्रि गर्दै गर्दा उक्त पैसा नउठ्ने र चेक बाउन्सको केस लिएर हिँड्नुपर्ने नेपाली व्यवसायीको अवस्थाबारे उनले कार्यक्रममा आफ्नो अनुभव सुनाएका थिए । राज्यको लागि अपरिहार्य वर्ग व्यवसायीलाई हेय दृष्टिले हेर्ने प्रबृतिप्रति समेत उनले गुनासो राखेका थिए । नेपालको सन्दर्भमा उधारो व्यापार नयाँ विषय भएकोले यसको फाइदा बेफाइदा दुवै रहेको उनको बुझाइ छ । तर बीमा समितिले रेगुलेट गर्ने हो भने उधारो बीमा मार्फत उधारो व्यापारको नतिजा राम्रो हुने उनले बताए ।

नेपालमा लागि नयाँ विषयको रुपमा रहेको यस उधारो व्यापारलाई एजेन्सीको माध्यमबाट कार्यन्वयनमा ल्याउन सकिने बीमा समितिका निर्देशक सुशिलदेव सुवेदीले बताए । धेरै सुनिएको तर जानकारीमा नआएको विषय हो, इन्स्योरेन्स कम्पनीले स्वामित्वमा लिएर बीमा समितिमा ल्याउँछ भने बीमा समिति स्वागत गर्न तयार रहेको उनले बताए । साथै यसबारे इन्स्योरेन्स कम्पनीका कर्मचारीलाई आवश्यक ज्ञानबारे तालिम दिन समेत समिति तयार रहेको सुवेदीले प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित बीमक संघका अध्यक्ष तथा सगरमाथा इन्स्योरेन्सका सिईओ चंकी क्षेत्रीले उधारो व्यापारले नयाँ आर्थिक गतिविधि ल्याउन सहयोग गर्ने बताए । यसले नेपालको व्यापार व्यवसायमा समेत योगदान दिने उनले बताए ।

नेपाल राष्ट्र बैंकका निर्देशक निश्चल अधिकारिले भने उधारो व्यापारबारे पोलिसी निर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । साथै नेपालको ६० प्रतिशत व्यापार हुने छिमेकी मुलुक भारतमा यसको अवस्था कस्तो छ, त्यसलाई पनि ध्यान उनले सुझाए ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS