काठमाडौं । सरकारले यहि जेठ १ गतेबाट हप्तामा दुई दिन विदा दिने निर्णय लागू गर्ने भएको छ । सरकारको निर्णयसँगै उक्त व्यवस्थालाई गृहमन्त्रालयले राजपत्रमा प्रकाशन गरेको हो ।
हप्तामा दुई दिनको विदा दिएसँगै कार्यालयको कार्य अवधि भने थप भएको छ । प्रत्येक विहान १० बजे कार्यलय खुल्ने र ५ बजे बन्दा हुने गरेको छ । अब भने विहान ९:३० बजे कार्यालय खुल्ने र ५ः३० बजे बन्द हुने व्यवस्था राजपत्रमा उल्लेख गरिएको छ । जाडो महिनाको हकमा भने बेलुकी ४ः३० बजे नै कार्यालय बन्द हुने जनाएको छ ।
दशैं र तिहारको सार्वजनिक विदा बाहेक अन्य विदा लगातार दुई दिन भएमा तेस्रो दिनदेखि सेवा प्रवाह गर्नुपर्ने राजपत्रमा उल्लेख गरिएको छ ।