IME Life
GBIME

डेलक्रेडा नेपालले ‘ट्रेड क्रेडिट म्यानेजमेन्ट’ सम्बन्धी सेमिनार गर्दै

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । डेलक्रेडा नेपालले बैशाख २८ गते ट्रेड क्रेडिट म्यानेजमेन्ट सम्बन्धी सेमिनार गर्ने भएको छ । सेमिनारमा डेलक्रेडाका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत एन्ड्रियास स्टेइनब्रनले जोखिम व्यवस्थापन क्षेत्रमा आफुले हासिल गरेको ३५ वर्षे अनुभव बताउने छन् ।

उनि सहित जोखिम व्यवस्थापनको क्षेत्रमा लामो समय काम गरेका अन्तर्राष्ट्रिय व्यक्तित्वहरुको उपस्थिति रहने डेलक्रेडा नेपालले जनाएको छ । कार्यक्रममा अर्थमन्त्रालय, नेपाल राष्ट्र बैंक, बीमा समिति, बीमा कम्पनी, नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल बैंकर्स संघ, आन्तरिक राजस्व विभाग, जर्मन एम्बेसी, लगायतका विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहनेछ ।

Crest

डेलक्रेडा एक उच्च विशेषज्ञता भएको ऋण र जोखिम व्यवस्थापन सेवा प्रदायक अन्तर्राष्ट्रिय संस्था हो । यसले उच्च जोखिम भएका देश र क्षेत्रको अध्ययन गर्दछ । जसमा व्यापार व्यवसायको क्रेडिट रिस्क हेर्ने विशेषज्ञहरुको संलग्नता रहेको छ ।

डेलक्रेडा समुह एक निजी कम्पनी हो । जसको वित्तीय सेवाको क्षेत्रमा विशेषज्ञता रहेको छ । यसले अन्तर्राष्ट्रिय क्षेत्रमा क्रेडिट बीमा, फ्याक्टरिङ, रूसी कम्पनी जानकारी रिपोर्ट, एड्रियाटिक/बाल्कन क्षेत्रमा स्थानीय क्रेडिट व्यवस्थापन सेवाको प्रावधान, औषधि ग्राहकहरुको लागी निगरानी सेवा, एकल जोखिम/क्रेता कभर, उच्च जोखिम देशहरुमा खरीददारको लागी कन्सल्टेन्टको रुपमा सेवा प्रवाह गरिरहेको छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS