IME Life New

बैंशाख २७ गते मध्यरातदेखि मदिरा बिक्री वितरण तथा सेवनमा रोक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले निर्वाचनको समयलाई ध्यानमा राख्दै बैशाख २७ गतेदेखि मदिराजन्य पदार्थ बिक्री वितरण तथा सेवन नगर्न आग्रह गरेको छ । प्रशासन कार्यालयले एक विज्ञप्ती जारी गर्दै यस्तो जनाएको हो ।

प्रशासन कार्यालयले २०७९ बैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचन, २०७९ सञ्चालन तथा व्यवस्थापनका लागि बैंशाख २७ गते मंगलबार राती १२ बजेदेखि मतदान कार्य सम्पन्न नभएसम्मका लागि मदिराजन्य पदार्थ बिक्री वितरण तथा सेवन नगर्न आग्रह गरेको हो ।

Esewa
Crest

त्यस्तै मतदानको दिन अत्यावश्यक सेवामा सञ्चालित तथा अनुमति लिएका सवारी साधनहरु बाहेकका अन्य सवारी साधनहरु बिहान ६ बजेदेखि मतदान कार्यसम्पन्न नभएसम्म सञ्चालन नगर्नु नगराउनु हुन प्रशासन कार्यालयले आग्रह गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS