IME Life New

अडलट कारोबार गर्न नपाउने, नेप्सेले दियो यस्तो निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्जले सम्पुर्ण ब्रोकरहरुलाई अडलट कारोबार नगर्न नगराउन निर्देशन दिएको छ । धितोपत्र कारोबार सञ्चालन विनियमावली २०७५ को विनियम (५) को उपविनियम एकमा कारोबार हुने धितोपत्र शेयर वा सामुहिक लगानी प्रयोजनको इकाई भएमा अंकित मूल्य १० भएमा १०० कित्ता र अंकित मूल्य १०० भएमा १० कित्ता कारोबार हुने व्यवस्था रहेको नेप्सेले जनाएको छ ।

साथै सोहि विनियमको उपविनियम दुईमा भएको व्यवस्था बमोजिम धितोपत्र ऋणपत्र भएमा अंकित मूल्य १० रुपैयाँ भएमा १०० कित्ता र संस्थापक ऋणपत्रको अंकित मूल्य १००० रुपैयाँ भएमा एक कित्ता कारोबार इकाई हुने व्यवस्था छ ।

Esewa
Crest

सोहि विनियमको उपविनियम तीन बमोजिम ‘उपविनियम एक र दुई’ मा उल्लेखित कारोबार इकाई भन्दा कम परिमाणको धितोपत्र अडलट हुन्छ । र त्यस्तो धितोपत्रको कारोबारलाई अडलट कारोबार भनिने व्यवस्था छ । तर कारोबार इकाई वा सो भन्दा बढी धितोपत्र भएका धितोपत्रधनिले त्यस्तो धितोपत्रलाई अडलट बनाई बिक्री गर्न नपाउने व्यवस्था छ ।

धितोपत्र कारोबार सम्बन्धमा उल्लेखित कानुनी व्यवस्था तथा प्रचलित कानुन बमोजिम धितोपत्र व्यवसाय सञ्चालन गर्ने जिम्मा अनुमतिपत्र प्राप्त सदश्य दलालमा रहेको स्मरण गराउदै सम्पुर्ण ब्रोकरलाई उक्त प्रावधान विपरित टिएमएस प्रणालीबाट अनलाईन तथा अफलाईन मार्फत समेत अडलटमा कारोबार नगर्न नेप्सेले निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS