Connect IPS
IME Life

शेयर बजारमा सुधारको संकेत, सर्वाधिक तल्लो विन्दुमा पुगेर ५२ अंकको बाउन्स व्याक

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज शेयर बजार नेप्से २२०४ अंकमा झेरर उकालो लागेको छ । आज नेप्से सर्वाधिक तल्लो विन्दुमा पुगेर नेप्से परिसूचक १७ दशमलव ९५ अंकले बढेर २२५६ दशमलव ५२ को विन्दुमा कायम भएको छ । १२ बजेर ३७ मिनेटमा सर्वाधिक तल्लो विन्दु २२०४ सम्म तल झर्यो । यहि विन्दुबाट सुधार हुने क्रममा आझै ५२ अंकले सुधार देखिएको हो ।

आज १३६ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने ५२ वटा कम्पनीको शेयर मुल्य घटेको छ । आज बैंकिङ र माइक्रोफाइनान्स बाहेक सबै उपसुूचक बढेका छन् ।

Prabhu
Crest

आज दिनभरिमा २३३ वटा कम्पनीको ३३ लाख ४१ हजार २१४ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ३२ करोड ६४ लाख रुपैयाँको शेयर करोबार भएको छ । आज सबैभन्दा धेरै नागरिक लगानीकोषको शेयर कारोबार भएको छ । आज कोषको ७ करोड ५३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, हिमालयन डिष्टिलरीको ४ करोड ६० लाख रुपैयाँको शेयर कारोबार भएको छ । नविल बैंकको ४ करोड १५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआइसी एशिया बैंकको ३ करोड ६७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै जाल्पा सामुदायिक लघुवित्तका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानकिर्ताले १० प्रतिशतका दरले कमाएका छन् । घलेम्दी हाइड्रोपावरले ८ प्रतिशतका दरले कमाएका छन् । माउन्टेन एनर्जीका लगानीकर्ताले ८ प्रतिशतका दरले कमाएका छन् । हिमालयन

उर्जा विकासले ७ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै उन्नती सहकार्य लघुवित्तका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ४ प्रशिततका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS