IME Life
GBIME

शेयर बजारमा ३७ अंकको गिरावट हुँदा १८८ कम्पनीको शेयर मुल्य घट्यो

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । आज साताको अन्तिम दिन पनि शेयर बजार नेप्से परिसूचक ३७ दशमलव ०६ अंकले घटेर २,२३८ दशलमव ६२ को विन्दुमा कायम भएको छ । आज ५ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने १८८ वटा कम्पनकिो शेयर मुल्य घटेको छ । आज सबै उपसूचक रात्ताम्मे भएका छन् ।

आज दिनभरिमा २३२ वटा कम्पनीको ४६ लाख ७४ हजार ९४० कित्ता शेयर किनबेच हुँदा १ अर्ब ६५ करोड ४५ लाख ६१ हजार रुपैयाँको शेयर करोबार भएको छ । आज सबैभन्दा धेरै सूर्या लाइफ इनस्योरेन्स कम्पनीको शेयर कारोबार भएको छ । कम्पनीको ८ करोड ४५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Crest

त्यस्तै, आज एनआइसी एशिया बैंकको ६ करोड ७३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नविल बैंकको ४ करोड ५२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको ४ करोड ४४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानकिर्ताले १० प्रतिशतका दरले कमाएका छन् । एनआइसी एशिया सेलेक्ट फण्डका इकाईधनीले १ दशमलव ८४ प्रतिशतका दरले कमाएका छन् । आरएमडिसी लघुवित्तका लगानीकर्ताले १ दशमलव २७ प्रतिशतका दरले कमाएका छन् । कालिका पावरका लगानीकर्ताले १ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै घलेम्दी हाइड्रोका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ६ प्रशिततका दरले गुमाएका हुन् ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS