Connect IPS
IME Life

नेप्से २३०० विन्दुमा ! कहाँ-कहाँ निर छ बलियो सपोर्ट ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । चुनाव हुने भए पनि सो को सकारात्मक प्रभाव नेपाली दोश्रो बजारमा पर्न सकेको छैन । कर्जा योग्य तरलाता अभाव र  व्याज दर धेरै हुनुले  नेपाली दोश्रो बजारमा नकारात्मक असर परेको देखिन्छ । यसै बीच २३०० को विन्दुमा एक पटक पुन नेप्से परिसूचक आएको छ ।  वैशाख १९ मा नेप्से परिसूचक २३०७ दशमवल ४४ को विन्दु आएर बन्द भएको छ। २०७८ भाद्र २ गते नेप्से परिसूचकले ३२०० को विन्दु छोएकोमा त्यस पश्चात भने बजारले निरन्तर घट्ने “ट्रेण्ड” समातेको थियो ।

Prabhu
Crest

कहाँ कहाँ निर पाउन सक्छ बजारले टेवा ?
बजार अहिले २३०० को विन्दुमा छ । सर्वप्रथम यो नै एउटा मनोवैज्ञानिक टेवा हो । बजारले यदी यो क्षेत्रबाट माथि बढ्न सकेन भने यस पछिको अर्को टेवा बजारले २२८० को क्षेत्रमा लिने देखिन्छ । बजार ३२०० बाट तल झर्ने क्रममा १३ डिसेम्बर २०२१मा २२८२ को विन्दुमा बन्द भएको थियो र अर्को कारोवार दिनबाट बजार पुन वृद्धि हुन सुरु भएको थियो । त्यस्तै केही कारोवार दिन अघि (२१ अप्रिल २०२२) बजार ईण्ट्राडेमा २२८६ को न्यून विन्दु सम्म पुगेर सोही दिन २३०० विन्दु माथि बन्द हुन सफल भएको थियो ।

२२८० को सपोर्ट पाउन नसकेको अवस्थामा कहाँ निर छ अर्को सपोर्ट ?
२२८० को  सपोर्टको आधारमा बजार माथि बढ्न नसकेको अवस्थामा बजारले २१०० को क्षेत्रमा सपोर्ट पाउने देखिन्छ । २१०० को सपोर्ट डिसेम्बर २०२० मा बनेको सपोर्ट हो । डिसेम्बर २०२०मा यही क्षेत्रबाट बजारले माथिल्लो दिशा समात्न सफल भएको थियो ।

नोट : प्राविधिक चार्टबाट गरिएको यो विश्लेषण पूर्ण होइन । यो विश्लेषण हेरर लगानीको निर्णय गर्न मिल्ने छैन। 

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS