IME Life New

मार्जीन कारोबारको कार्यविधि संशोधन, ब्रोकरले मार्जिन कलको तेस्रो दिनमै शेयर बिक्री गर्न पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्जले मार्जीवन कारोबारको सुविधा सम्बन्धी कार्यविधिको प्रथम संशोधन सहित कार्यान्वयनमा ल्याएको छ । धितोपत्र बोर्डको निर्देशनमा नेप्सेको बैशाख १४ गतेको निर्णयअनुसार मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यविधि (प्रथम संशोधन) पश्चात लागू गरिएको हो ।

नेप्सेले मुल कार्यविधिको दफा ११ मा संशोधन गर्दै धितोपत्र दलाल व्यवसायीले मार्जिन कारोबार सुविधा उपलब्ध गराउन सम्बन्धित सूचिकृत संगठित संस्थाको शेयरको १२० दिनको औषत मूल्य वा बजार मूल्य मध्ये जुन कम हुन्छ सोको तीस प्रतिशतले हुन आउने रकम ग्राहकसँग प्रारम्भिक मार्जिनको रुपमा लिने व्यवस्था गरिएको छ ।

Esewa
Crest

त्यस्तै कार्यविधिको दफा १२ संशोधन गर्दै मार्जीवन कारोबार सुविधाको लागि सम्भार मार्जिन २० प्रतिशत हुनेछ । ब्रोकरहरुले बजारको अवस्था तथा जोखिम हेरी लगानीकर्ताबाट मार्जिन खातामा प्रत्ये दिन कारोबारको अन्तिम मूल्यको आधारमा न्युनतम २० प्रतिशत वास्तविक मार्जिन कायम गर्नुपर्नेछ ।

मुल कार्यविधिको दफा १३ मा संशोधन गर्दै मार्जीवन कारोबार सुविधा उपभोग गर्ने लगानीकरत्को मार्जिन खाताको वास्तविक मार्जिन २० प्रतिशत भन्दा कम हुन आएमा सदश्य दलाल व्यवसायीले सम्बन्धित लगानीकर्तालाई मार्जीन कल गर्न सक्ने व्यवस्था गरिएको छ ।

उपदफा एक अनुसार मार्जीन कल गरेको दोस्रो कार्य दिनभित्र सम्बन्धित लगानीकर्ताले नगद वा मार्जिन कारोबार योग्य धितोपत्रहरु जम्मा गरी वास्तविक मार्जिन २० प्तरिशत भन्दा माथि कायम गर्नुपर्ने व्यवस्था गरिएको छ । वास्वविक मार्जिन २० प्रतिशत भन्दा माथि कायम गर्न लगानीकर्ताको हितग्राही खाताबाट मार्जिन खातामा धितोपत्र स्थानान्तरण गर्दा नियमानुसार शुल्क लाग्ने व्यवस्था थप गरिएको छ ।

मार्जिन कल गरेको दोस्रो कार्यदिन भित्र सम्बन्धित लगानीकर्ताले वास्तविक मार्जिन २० प्रतिशत भन्दा माथि नपुर्याएमा वा मार्जिन खाता अन्तर्गतका धितोपत्रहरुको बजार मूल्यमा आएको परिवर्तनले सो मार्जिन २० प्रतिशत भन्दा माथि कायम हुन नसकेमा सदश्य दलाल व्यवसायीले चौथो कार्यदिनमा वास्तविक मार्जिन २० प्रतिशत भन्दा माथि कायम गर्नका लागि आवस्यक पर्ने मार्जिन खाता अन्तर्गतका कुनै पनि धितोपत्र बिक्री गर्न सक्नेछ । यस निमय सँगै ब्रोकरले यदि मार्जीन कल गरेको दुई दिनसम्म पैसा नतिरेमा तेस्रो दिनमा भएको शेयर बिक्री गरिदिन सक्ने छन् ।

मार्जिन खाता अन्तर्गत रहेका धितोपत्रहरुको कारोबार मर्जर, एक्युजिसन वा अन्य कुनै कारणले बन्द भएको अवस्थामा सो धितोपत्र समावेश भएको समुहगत परिसूचक १५ प्रतिशत भन्दा धेरैले घटेमा सम्बन्धित लगानीकर्तलाई ७ दिनको समय दिइ उक्त धितोपत्र बापतको मार्जिन ऋण तथा सो सँग सम्बन्धित अन्य दायित्व चुक्ता गर्न सद्शय दलाल व्यवसायीले सूचित गर्न सक्ने व्यवस्था गरिएको छ । मुल कार्यविधिको दफा १४ को उपदफा ९ लाई संशोधन गर्दै ‘सदश्य दलाल व्यवसायीले बजारको निहित जोखिमलाई मध्यनजर गर्दै लगानीकर्तालाई यथासम्भव लगानी विविधिकरण गर्न लगाउन सक्नेछ’ भनि थप गरिएको छ । मुल कार्यविधिको दफा २२ लाई संशोधन गर्दै अनुमतिपत्र प्राप्त सदश्य दलाल व्यवसायीको संस्थापक, संचालक, कर्मचारी र आधिकारिक प्रतिनिधिले आफ्नो कम्पनीबाट कुनै प्रकारको ऋण वा सापटी लिन पाउने छैन भनिएको छ ।

240806025b84412f223639f12f87f2ab

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS