Connect IPS
IME Life

आज १३३ औ अन्तर्राष्ट्रिय श्रमिक दिवस, यस्तो छ इतिहास

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज १३३ औ अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात मे दिवस् । श्रमिकको हकअधिकारको सुनिश्चितताका लागि दबाब दिने उद्देश्यले हरेक वर्ष श्रमिक दिवस मनाइँदै आइएको छ । सन् १८८६ मा अमेरिकाको सिकागोमा ‘आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम’ नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर श्रमिक दिवस मनाइन्छ ।

सो आन्दोलनको क्रममा सिकागोको हेय मार्केट भन्ने ठाउँमा बम विस्फोट भयो । सो बम विस्फोट कसले गराएको भन्ने नखुले पनि प्रहरीले आन्दोलनरत मजदुरमाथि व्यापक दमन गर्यो । प्रहरीको गोली लागि सात जना मजदुरको मृत्यु भयो । मजदुर आन्दोलनले अन्ततः सफलतासमेत हासिल गर्यो ।

Prabhu
Crest

सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम सङ्गठन एवम् श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको हो । त्यस यता सन् १८९० देखि हरेक वर्ष अङ्ग्रेजी महिनाको मे १ तारिखमा श्रमिक दिवस मनाउन सुरु गरियो ।

विश्वका मजदुरले यस दिवसलाई पर्वका रुपमा लिँदै आफ्ना हकअधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले विभिन्न कार्यक्रम गरी मनाउँछन् ।

नेपालमा समेत मजदुर सङ्गठनले विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने गरेका छन् । नेपालमा विराटनरगमा २००७ सालमा मजदुर आन्दोलनसँगै यो दिवस मनाइन थालिएको हो । २०४६ सालको राजनीतिक परिवर्तनसँगै नेपालमा यो दिवसमा सार्वजनिक बिदा दिन थालिएको पाइन्छ । सबै प्रकारका श्रमिकको हक अधिकार सुरक्षित गरिनु यस दिवसको मूल उद्देश्य हो ।

श्रमिक अधिकारको व्यवस्था नेपालको संविधानमासमेत समावेश छ । उक्त व्यवस्था कार्यान्वयन गर्न सरकारले ल्याएको श्रम ऐन, २०७४ र योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयनमा ल्याएको छ ।

आफ्नो रगत, पसिना र श्रम बेचेर मेहनतको कमाई खाने श्रमिकको पर्वको रूपमा रहेको श्रमिक दिवस श्रमिकको हक, अधिकार र स्वतन्त्रतालाई सामूहिक रूपमा बुलन्द गरी विश्वभरका श्रमिकलाई एकताको सूत्रमा बाँध्न सहयोग गर्ने र सम्पूर्ण श्रमिकहहरुको एकता, वीरता र सङ्घर्षको प्रतीक मानिन्छ । पूँजीपति वर्गद्वारा मजदुरलाई मेसिन झै चौबिसै घण्टा काममा लगाउने र अत्यन्त न्यून पारिश्रमिक दिई अमानवीय व्यवहार गर्ने परिपाटीका विरुद्ध सङ्गठित भएको ट्रेड युनियन आन्दोलनलाई मे दिवसका दिन विशेष चर्चा गर्ने गरिन्छ । आजका दिनमा विश्वमै मजदुरका पक्षमा बोल्ने ट्रेड युनियनहरुले मजदुरका विषयमा बोल्ने आवाज उठाउने गर्छन् । तर नेपालमा भने यो दिवसको रुपमा एक दिन विदा दिने बाहेक मजदुरका पक्षमा वकालत गर्ने गरी कुनै किसिमका कामहरु हुने गरेको पाइदैन ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS