IME Life New

अनुमतिविना शेयर सम्बन्धी काम नगर्न बोर्डको आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्डले अनुमति विना धितोपत्र बजार सम्बन्धी कुनै पनि कारोबार तथा काम नगर्न आग्रह गरेको छ । बजारमा अनुमति नलिइ शेयर बजार सम्बन्धी काम गरेको पाइए पछि सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो ।

धितोपत्र सम्बन्धी ऐन, २०६३ तथा सो अन्तर्गत बनेका नियमावली, विनियमावली तथा निर्देशिका बमोजिम धितोपत्रको सार्वजनिक निष्काशन, धितोपत्रको खरिद तथा बिक्री, डिम्याट तथा मेरो शेयर खाता संचालन, लगानी व्यवस्थापन, शेयर रजिष्ट्रार, संस्थागत परामर्श, प्रत्याभूति, आस्वा, सामुहिक तथा विशिष्टिकृत, भेन्चर क्यापिटल तथा तथा हेड्ज फण्ड, लगानी कोष संचालन जस्ता कार्यहरु धितोपत्र बोर्डबाट अनुमति लिइ गर्नुपर्ने व्यवस्था रहेको बोर्डले जनाएको छ ।

Esewa
Crest

उपर्युक्त कार्यहरु धितोपत्र बोर्डबाट अनुमति नलिई संचालन गरेमा गैरकानुनी हुने र धितोपत्र सम्बन्धी ऐन बमोजिम कारबाही हुने बोर्डले जनाएको छ । हाल बजारमा केहि व्यक्तिहरुले धितोपत्रमा लगानी गर्ने उद्देश्य रहेका विभिन्न संस्थाहरुको स्थापना गरी सामाजिक संजाल मार्फत लगानीकर्ताहरुलाई विभिन्न प्रलोभन देखाई लगानी गर्न आह्वान गरेको तथा धितोपत्रको दोस्रो बजारको कारोबार र लगानी सम्बन्धी सेवा प्रदान गर्ने गरेका सूचनाहरु पाइएकोले बन्द गर्न बोर्डले आग्रह गरेको छ ।

यस्ता कम्पनीहरुमा लगानी गर्नु वा उक्त सेवाहरु लिनु अगाडी आवश्यक सचेतता अपनाउनुका साथै बोर्डबाट अनुमति लिए नलिएको यकिन गरेर मात्र लगानी गर्न तथा सेवा लिन बोर्डले सबैलाई आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS