IME Life New

नासा इन्भेष्टमेन्टले विराटनगरमा अनुमति नलिई धितोपत्र व्यवसाय सञ्चालन, तत्काल बन्द गर्न बोर्डको निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्डले नासा इन्भेष्टमेन्ट प्रा.लिले भृकुटी चौक विराटनगरमा अनुमति नलिइ धितपत्र सम्बन्धी कारोबार गरिरहेको भन्दै तत्काल बन्द गर्न निर्देशन दिएको छ । विराटनगर स्थित नासाले बोर्डबाट अनुमति पत्र नलिई डिम्याट खाता, मेरो शेयर, ब्रोकर खाता (TMS) को सहजीकरण गर्ने, शेयर बजारमा पोर्टफोलियो म्यानेजमेण्ट सम्बन्धी कार्यहरु गर्ने, धितोपत्रको दोस्रो बजारमा खरिद विक्री सम्बन्धी परामर्श दिने जस्ता धितोपत्र सम्बन्धी सेवाहरु लगानीकर्ताहरुलाई प्रदान गरिरहेको छ ।

नासाले उक्त कार्यहरु अनुमति नलिइ गरेको सूचना पए पछि यस्ता कार्यहरु तत्काल बन्द गर्न पत्राचार गरेको हो । प्रचलित धितोपत्र सम्बन्धी कानुन बमोजिम उपर्युक्त कार्यहरु नेपाल धितोपत्र बोर्डबाट अनुमति पत्र लिएर मात्र संचालन गर्न पाईने भएकोले बोर्डबाट अनुमति पत्र प्राप्त नगरी उल्लेखित कार्यहरु गरेमा उक्त कार्य गैरकानूनी हुने र धितोपत्र सम्बन्धी ऐन बमोजिम कारबाही हुने व्यहोरा समेत जानकारी गराइएको बोर्डले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS