IME Life New

भृकुटी मण्डपमा जुत्ता चप्पल ब्यापार प्रवर्दन मेला २०७९ सुरु

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । काठमाडौंको भृकुटी मण्डपमा जुत्ता चप्पल ब्यापार प्रवर्दन मेला २०७९ सुरु भएको छ । उद्योग मन्त्रालयका सचिव अर्जुन प्रसाद पोखरेलले बिहीबार मेलाको उद्घाटन गरेका हुन् । उक्त अवसरमा बोल्दै पोखरेलले उद्योग र उपभोक्तासँग प्रत्यक्ष जोडिन मेला सफल हुने बताए । स्वदेशी उत्पादनलाई गुणस्तरीय र उपभोक्तामुखी बनाउनु पर्ने बताए ।

फुटवयर म्यानुफ्याक्चरस एसोसियसन अफ नेपालको आयोजनामा मेला सुरु भएको हो । मेलाको उद्घाटन कार्यक्रममा बोल्दै एसोसिएसनका अध्यक्ष नानीराज घिमिरेले स्वदेशी ब्राण्डको प्रवद्र्धन गर्न राज्यले भुमिका खेल्नुपर्ने धारणा राखे ।

Esewa
Crest

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दीनेश श्रेष्ठ, चेम्बर अफ कमर्शका उपाध्यक्ष सुरेन्द्र श्रेष्ठ, एसोसिएसनका पूर्व अध्यक्ष भीमलाल पौड्याल, होमनाथ उपाध्याय, प्रथम उपाध्यक्ष चोककुमार श्रेष्ठ, महासचिव ज्ञानेन्द्र दाहाल लगायतले बोलेका थिए ।

मेला जेठ ८ सम्म सञ्चालन हुने उपाध्यक्ष एवं मेलाका संयोजक सुरज बन्जाडेले जानकारी दिए । एक्स्पोमा स्वदेशी २२ कम्पनीका करिब सय वटा स्टल छन् । मेलामा निःशुल्क प्रवेशको व्यवस्था गरिएकोछ । एक्स्पोमा नेपालमा चर्चित सबै ब्राण्डको सहभागिता रहने उनले बताए ।बेस ग्लोबल प्रालि, बेस फुटवेयर इण्डस्ट्रिज, शिखर शुज इण्डस्ट्रिज, कोशेली छाला जुत्ता उद्योग, लालीगुराँस फुटवेयर, रोयल फुटवेयर इण्डस्ट्रिज, शुभकामाना फुटवेयर प्रोडक्ट नेपाल, पवित्र शुज इण्डस्ट्रिज, रन शुज इण्डस्ट्रिज कम्पनीको सहभागिता रहेको छ । त्यस्तै स्मार्ट सुज, वान ओल्र्ड फुटवेयर। सुरभी पोलीमर्स, सम्राट शुज। नमस्ते फुटवेयर, ओएशिस फुटवेयर, किरण शुज म्यानुफ्याक्चर्स, बोस सुज, फुटस्टेप सुज र नियासा सुजको उपस्थितिगरी कम्पनीको सहभागिता रहेको छ

फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसन अफ नेपालले आयोजना गरेको मेला यस पटक उपभोक्ताको बढी आकर्षण हुने अपेक्षा गरिएको छ । एशोसियशनले अघिल्ला बर्षहरुमा पनि यस्तो मेला आयोजना गर्दै आएको छ । एशोसियशनका उपाध्यक्ष रुद्र न्यौपानेले सीमा पारीबाट अनधिकृतरुपमा आउने जुत्ता चप्पलले ठूलो लगानी गरेका स्वदेशी लगानीकर्ताको लगानी जोखिममा परेको, राज्यलाई करोडौं रुपियाँ राजश्व नोक्सानी भएको, रोजगारीको अवसर गुमेको तर त्यसको फाइदा तस्करहरुलाई भइरहेको बताए ।

उनले भने, ‘साना ठूला तस्कर यसमा सहभागी छन् । यसले नेपाली जुत्ता चप्पललाई नराकात्मक असर पारिरहेको छ । हालसम्म हामीले एक पटकमा एक करोड जोर जुत्ता चप्पल बाहिर पठाउन सफल भएका छौं । अहिले विकसित मुलुकबाट नेपालमा उत्पादन भएका जुत्ताको माग बढ्ने क्रममा छ । तर माग भएअनुसार हामीले निर्यात भने गर्न सकेका छैनौ । अब सरकारले माग अनुसारको जुत्ता चप्पल पठाउन पनि व्यवसायीलाई सहजीकरण गर्दिनुपर्छ । ‘चौरी पैठारीको भन्सार मूल्य लाग्दैन र त्यस्ता जुत्ता चप्पल सस्तो हुन्छ ।

न्यौपानेले थपे, ‘चौरी पैठारीको भन्सार मूल्य लाग्दैन र त्यस्ता जुत्ता चप्पल सस्तो हुन्छ । सरकारले भन्सारमा कडाई गरेर नेपाल बाहिरबाट चोरी पैठारीमा आउने जूत्ताहरुको आयात रोक्नुपर्छ । चोरीको सामानभन्दा कसैले मेहनत गरेर उत्पादन गरेको स्वदेशी ब्राण्ड जोगाउन सरकार पनि लाग्नुपर्छ ।’

मेलामा भारी छुटमा उपभोक्ताले जुत्ता चप्पल खरिद गर्न सक्नेछन् । १० देखि ५० प्रतिशतसम्म छुट प्रदान हुनेछ । राजधानी काठमाडौंमा एसोसिएसनले ६ महिनापछि बहृत खालको मेला आयोजना भएको हो ।

स्वदेशी उत्पादनका बारेमा आम उपभोत्तालाई स्थलगत अवलोकन गराई नेपाली उत्पादनका बारेमा जानकारी दिन यो मेलाले सहयोग गर्दै आएको बताउँदै उनले उपाध्यक्ष एवं मेलाका संयोजक सुरज बन्जाडेले बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS