IME Life New

बजार लगानीकर्ताको अपेक्षा विपरित घट्दा ठूला ब्रोकरबाट कस्तो भयो कारोवार ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अघिल्लो कारोवार दिन वैशाख ११ गते आईतबार नेप्सेमा निकै ठूलो वृद्धि देखिएकोमा आज  सोमबार भने बजारमा हिजोको प्रवित्ति देखिन सकेन । साताको दोश्रो दिन नेप्से परिसूचकमा १ दशमवल ४४ प्रतिशत अर्थात ३४ दशमवल ९५ अँकको गिरावट देखिएको छ। नेप्से परिसूचक २३८६ दशमवल ०१ को विन्दुमा बन्द भएको छ।

आज ब्रोकर नम्बर ५८ बाट सर्वाधिक शेयर कारोवार भएको छ  । समग्र बजारमा २ अर्ब ४ करोडको कारोवार मध्ये ब्रोकर नम्बर ५८ बाट २२ करोड १५ लाख बराबरको शेयर कारोवार भएको छ । ५८ नम्बर ब्रोकरबाट ९ करोड २८ लाख बराबरको खरिद हुँदा १२ करोड ८७ लाख बराबरको बिक्री भएको छ । उक्त  ब्रोकरबाट खरिद भन्दा ३ करोड ५९ लाख धेरै बिक्री भएको छ।

Esewa
Crest

त्यस्तै दोश्रोमा ब्रोकर नम्बर ४५ बाट सर्वाधिक कारोवार भएको छ।  ब्रोकर नम्बर ४५ बाट १८ करोड ४७ लाख बराबरको कारोवार भएको छ।  सो ब्रोकरबाट ७ करोड ९६ लाख बराबरको खरिद हुँदा १० करोड ५० लाख बराबरको बिक्री भएको छ। ब्रोकर नम्बर ४५ बाट खरिद भन्दा २ करोड ५४ लाख धेरै बिक्री भएको छ।

कारोवार रकमको आधारमा शिर्ष पाँच ब्रोकर मध्ये तेश्रो, चौथो र पाचौँ ब्रोकरबाट भने बिक्री भन्दा धेरै खरिद भएको छ। बिक्रीको तुलनामा ब्रोकर नम्बर ५७ बाट ३ करोड ७९ लाख, ब्रोकर नम्बर ४९ बाट ५८ लाख र ब्रोकर नम्बर ३४ बाट १ करोड १८ लाख बराबरको धेरै खरिद भएको छ।   

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS