Connect IPS
IME Life

नेप्से ३४ अंकले घट्यो, २ अर्ब ४ करोडको कारोबार हुँदा अरुण भ्यालीको सर्वाधिक

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । हिजो बढेको शेयर बजार आज फेरी ओरालो लागेको छ । आज शेयर बजार नेप्से परिसूचक ३४ दशमलव ९५ अंकले घटेर २,३८६ दशमलव ०१ को विन्दुमा कायम भएको छ । आज होटल्स टुरिजम एण्ड म्युचुअल फण्ड बाहेक सबै उपसूचक घटेका छन् । आज २७ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने १६३ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज २३९ वटा कम्पनीको ५० लाख ४७ हजार ७६९ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ४ करोड २२ लाख ५३ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोपावर कम्पनीको शेयर कारोबार भएको छ । आज कम्पनीको ८ करोड ११ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

त्यस्तै, आज शिवम् सिमेन्टको ६ करोड ६२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको ६ करोड ४३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपि पावर कम्पनीको ५ करोड ६८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । सिद्धार्थ इक्यिटी फण्डका इकाईधनीले ४ प्रतिशतका दरले कमाएका छन् । एनआइबिएल प्रगति फण्डक इकाईधनीले ३ दशमलव ७१ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै सेन्ट्रल फाइनान्स कम्पनीका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ५ प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS