Connect IPS
IME Life

चुनावको प्रभाव शेयर बजारमा, ९५ अंकले बढ्यो नेप्से

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । स्थानीय तहको चुनावको प्रभाव शेयर बजारमा देखिन थालेको छ । चुनाव नजिकिदै गर्दा शेयर बजारमा भारी अंकको बृद्धि देखिएको छ । आज शेयर बजार नेप्से परिसूचक ९५ दशमलव ४६ अंकले बढेर २,४२० दशमलव ९१ को विन्दुमा कायम भएको छ । आज १९३ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने १ वटा कम्पनीको शेयर मुल्य घटेको छ ।

आज सबै उपसूचक बढेका छन् । आज दिनभरिमा २३८ वटा कम्पनीको ६६ लाख ३९ हजार ५०४ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ५३ करोड १२ लाख ७५ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै सानिमा बैंक संस्थापक शेयरको कारोबार भएको छ । आज कम्पनीको संस्थापक शेयर २२ करोडमाथिको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

त्यस्तै, शिवम् सिमेन्टको ११ करोड ७६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अरुण भ्याली हाइड्रोपावर कम्पनीको ९ करोड १२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको ८ करोड ४१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, आज ३६ वटा कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । आज १० वटा कम्पनीको शेयर मुल्य १० प्रतिशतले बढेको छ भने २६ वटा कम्पनीको शेयर मुल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ । आज अधिकांश कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज डिवेञ्चर र फण्ड बाहेक सबै कम्पनीका लगानीकर्ताले कमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS