काठमाडौं । बुधबार नेप्से सूचक ३६ अंकले गिरावट हुँदा ९ कम्पनी बाहेक सम्पुर्ण कम्पनीको शेयर मूल्यमा गिरावट देखिएको छ । आज सर्वाधिक धेरै बढ्ने क्रममा जाल्पा सामुदायिक लघुवित्त र ग्रिन भेन्चरको शेयर मूल्यमा सर्किट लागेको छ ।
सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य पनि सर्वाधिक धेरै बढ्ने तेस्रो नम्बरमा छ । संस्थाको शेयर मूल्य ३.०८ प्रतिशतले सुधार भएर १३०० रुपैयाँ कायम भएको छ । त्यस्तै एभरेष्ट इन्स्योरेन्सको १.२७ प्रतिशतले सुधार भएर ५५८ रुपैयाँ कायम भएको छ ।
तेस्रो त्रैमाशिक अवधिमा १८८ प्रतिशतले नाफा बढाएको सेञ्चुरी कमर्सियल बैंकको शेयर मूल्य जम्मा २ रुपैयाँले बढेको छ । स्ट्याण्डर्ड चार्टर्डको ४ रुपैयाँ, सगरमाथा इन्स्योरेन्सको १० रुपैयाँ, जनसामुदायिक लघुवित्तको २ रुपैयाँ, विजय लघुवित्तको सामान्य बृद्धि देखिएको छ ।