IME Life New

आइएमई पेको नयाँ योजनाः हवाई टिकट काट्दा ३ सयसम्म क्यास ब्याक पाइने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा  प्रवर्द्धित  ‘आइएमई पे’ ले हवाइ उडान टिकटको नयाँ योजना सार्वजनिक गरेको छ ।

पहिलो पटक आइएमई पे एप प्रयोग गर्ने सेवाग्राही वा पहिलो पटक आइएमई पे एपबाट हवाइ उडान टिकट काट्ने सेवाग्राहीहरुले आइएमई पे एप मार्फत हवाइ उडान टिकट काट्दा सर्वाधिक क्यास ब्याकको साथै अतिरिक्त तीन सय रुपैयाँ छुट प्राप्त गर्नेछ ।

Esewa
Crest

यात्राको लागि सबैभन्दा सहज माध्यम हवाइ उडान भएकोले, आइएमई पेले यात्रुहरुलाई हवाइ उडान मार्फत यात्रा गर्न प्रोत्साहन दिन समय–समयमा यस्ता योजनाहरु प्रस्तुत गर्दै आएको छ ।

नयाँ योजना अनुसार हवाई उडान टिकटमा ५० प्रतिशतसम्मको छुटदेखि लिएर नेपालको कयौं रमणिय गण्तव्यको फ्री हवाइ टिकट प्रदान गर्ने जस्ता योजनाहरु आईएमई पे ले ल्याउने गरको छ ।

योजनामा कम्पनीले निश्चित सेवा र शर्तहरू निर्धारण गरेको छ । पहिलो पटक आइएमई पे एप प्रयोग गर्ने सेवाग्राही वा पहिलो पटक आइएमई पे एपबाट हवाइ उडान टिकट काट्ने सेवाग्राहीहरुले मात्र यो अफर मार्फत छुट पाउँनेछन् भने फर्स्ट टाईम युजर्सहरुले आइएमई पे एपको पूर्व उल्लेखित क्यास ब्याकको तीन सय अतिरिक्त छुट पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS