काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ४१ दशमलव ७७ अंकले घटेर २,३४३ दशमलव ८७ को विन्दुमा कायम भएको छ । आज ११ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने १८२ वटा कम्पनीको शेयर मुल्य घटेको छ । आज पनि सबै उपसूचक घटेका छन् ।
आज नेष्डो लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । दिव्यश्वरी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ७ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् । जल्पा लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ६ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै एनआरएन एण्ड डेभलपमेन्टका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ८ प्रतिशतका दरले गुमाएका छन् ।