IME Life New

कस्तो रह्यो शेयर लगानीकर्तालाई वर्ष २०७८, कुन सेक्टरका लगानीकर्ता भए मालामाल ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । वर्ष २०७८ को अन्तिम दिन शेयर बजार सकारात्मक हुँदै बन्द भए पनि वर्ष २०७८ भने शेयर लगानीकर्ताको लागि मिश्रित नै रह्यो। वर्ष २०७८ मा नेप्से परिसूचक  करिव ३०० अंक घट्दै बन्द भएको छ ।  २०७७ चैत्र मसान्तमा २७१४ दशमवल ७९ को विन्दुमा बन्द भएको बजार वर्ष २०७८ मा २४१५ दशमवल २५ को विन्दुमा बन्द भएको छ। समग्रमा वर्ष २०७८ मा नेप्से परिसूचक २९९ दशमवल ५४ अंकले घट्दै बन्द हुँदा परिसूचकमा ११ दशमवल ०३ प्रतिशतको गिरावट आएको छ।

Esewa
Crest

यो वर्ष बजारले लगानीकर्तालाई उत्साह दिएको पाइन्छ।  बजारले यस वर्षको भाद्र २ गते नेप्सेको हालसम्मको उच्च विन्दु ३१९८ दशमवल २८ सम्म पुगेको थियो।  त्यसपछि भने बजार निरन्तर  घटेको थियो।  बजारले यस वर्ष मंसिर २७ मा वर्षकै न्यून विन्दु २२८१ दशमलव ६७ मा  बजार बन्द भएको थियो।

यस वर्ष समग्र नेप्से परिसूचक घटे पनि केही समूहका लगानीकर्तालाई भने मालामाल भएको छ। १३ उपसमूहमध्ये विकास बैंक, वित्त, म्युचुअल फण्ड, जलविधुत र उत्पादन तथा प्रसोधन उपसुचक भने बढेर बन्द भएका छन्।  यस वर्ष सबै भन्दा धेरै विकास बैंक परिसूचकमा  सर्वाधिक ४४ दशमवल २५ प्रतिशतको वृद्धि देखिएको छ भने दोश्रोमा फाइनान्स उपसुचकमा ४४ दशमवल १० प्रतिशतको वृद्धि देखिएको छ । यो वर्ष ट्रेडिङ्ग उपसुचकमा भने सर्वाधिक ४३ दशमवल ४४ प्रतिशतको गिरावट आएको छ।

वर्ष २०७८ तरलाताको कारण शेयर बजार निकै प्रभावित भएको देखिन्छ।  बैंकमा कर्जा योग्य तरलताको अभावको कारणले गर्दा व्याज दर वृद्धिको चाप शेयर बजारमा परेको  देखिन्छ। शेयर बजारमा कर्जा कम जानु, नयाँ कर्जा सिर्जना नहुनु, ठूला लगानीकर्ताको शेयर कर्जा सिमालाई लगाम लगाउनु, लगानीकर्ताहरु बैंकको मुद्दती निक्षेपमा आकर्षित हुनु जस्ता कुराले शेयर बजारलाई असर गरेको देखिन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS